टी–२० वरियतामा नेपालको स्थान खस्कियो

डिसी नेपाल
१५ असोज २०७६ १०:२९

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले बुधबार अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान झर्दै १२ औं स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल ११ औं स्थानमा रहेको थियो । नयाँ वरियता अनुसार नेपालले १७ खेलबाट १९४ रेटीङ अंक पाएको छ ।

नेपालले अहिले सिंगापुरमा त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेलिरहेको छ । जसमा नेपालले ३ खेलमा १ जित हासिल गरेको छ । नयाँ वरियतामा नेपाललाई पछि पार्दै स्कटल्याण्ड ११ औं स्थानमा उक्लिएको छ । एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा नेपाल दोस्रो स्थानमा रहेको छ । यस्तै नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो र भारत चौंथो स्थानमा रहदा अष्ट्रेलिया पाँचौ स्थानमा रहेको छ । एकदिवसीय वरियतामा भने नेपाल यथावत रहदै १७ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *