कोनकाफका पूर्व महासचिव इन्रिकलाई फुटबलमा आजीवन प्रतिबन्ध

डिसी नेपाल
१५ असोज २०७६ १२:२३

एजेन्सी । नर्थ अमेरिकन फुटबलको सर्वोच्च निकाय कोनकाफका पूर्व महासचिव इन्रिक सान्चलाई फुटबलमा आजीवन प्रतिबन्ध लागेको छ ।

भ्रष्ट्राचारमा दोषी पाइएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कुनैपनि फुटबल गतिविधिमा संग्लग्न हुन नपाउने गरि इन्रिकलाई आजीवन प्रतिबन्ध गरेको हो ।

सन् २०१२ देखि १५ सम्म फिफा, कोनकाफ, क्यारेबियन फुटबल युनियन, साउथ अमेरिकन फुटबलको विभिन्न प्रतियोगितामा उनले ठुलो घुस खाएको फिफाले जनाएको छ ।

कोलम्बियाका इन्रिकमाथि फिफाले सन् २०१५ बाट अनुसन्धान थालेको थियो । यस्तै फिफाले उनलाई १ लाख स्विस फ्रान्क जरिवाना समेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *