च्याम्पियन्स लिगमा बार्सिलोनाले इन्टर मिलानको सामना गर्दै

डिसी नेपाल
१५ असोज २०७६ १२:५२

एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले आज राति इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोनाले घरेलु मैदानमा बलियो टिम इन्टरको सामना गर्नेछ । समूह एफ मा रहेको बार्सिलोना र इन्टरबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा बार्सिलोना पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टिम इन्टरलाई हराउन बार्सिलोनाले निकै मेहेनत गर्नु पर्नेछ ।

बार्सिलोना कप्तान लियोनल मेस्सीविना मैदान उत्रने छ । चोटका कारण मेस्सी पछिल्लो समय मैदान बाहिर रहदै आएका छन् । यता, इन्टर भने निकै उत्कृष्ट लयमा रहेको छ । इटालियन सिरी ए मा इन्टर अपराजित रहेको छ । त्यसैले बार्सिलोनालाई घरेलु मैदानमा इन्टरसँग पराजित हुने डर छ ।

यस समूहमा १ अंक जोडेको बार्सिलोना दोस्रो र १ अंक जोडेको इन्टर तेस्रो स्थानमा छ । पहिलो खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरी खेलेको थियो । इन्टरले भने स्लाभियासँग १-१ गोलको बराबरी खेलेको थियो । यसै समूहको अर्को खेलमा डर्टमण्ड र स्लाभियाबीच खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *