रोहित शर्माको शतक, विकेट नगुमाएको भारत ठूलो स्कोरतर्फ बढ्दै

डिसी नेपाल
१५ असोज २०७६ १४:३३

एजेन्सी । भारतीय क्रिकेट खेलाडी रोहित शर्माले टेष्ट क्रिकेटमा चौथो शतक पूरा गरेका छन् । बुधबार सुरू भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनले टेष्ट क्रिकेटको चौथो शतक पूरा गरेका हुन् ।

रोहितले १५४ बल खेल्दै १० चौका ४ छक्काको सहयोगमा १०० रन बनाएका हुन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले चिया समयसम्म ५९‍.१ ओभरको समाप्तिमा २०२ रन बनाएको छ । भारतले हाल सम्म विकेट भने गुमाएको छैन । सबै विकेट हातमा रहेको भारतले ठूलो स्कोर बनाउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *