रंगास्वामीपछि कपिल देवले पनि दिए राजीनामा, भारतीय क्रिकेट बोर्डमा खैलाबैला

डिसी नेपाल
१५ असोज २०७६ १५:२७

एजेन्सी। पूर्व भारतीय कप्तान कपिल देवले भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)को सल्लाहकार समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । तीन सदस्यीय यो बोर्डकी अर्की दस्इ शान्ता रंगास्वामीले यसअघि नै राजीनामा दिइसकेकी छिन् । अब यो बोर्डमा एक सदस्य अंशुमन गायकवाड मात्र बाँकी छन् । बीसीसीआइका इथिक्स अधिकारीले हितको टकराव विषयमा नोटिस पठाएपछि यसरी राजीनामा आएको हो । इथिक्स अधिकारी डिके जैनले १० अक्टोबरसम्म जवाफ मागेका थिए ।

कपिल देवले प्रशासकको समितिका अध्यक्ष विनोद राय र बीसीसीआइका सीइओ राहुल जौहरीलाई इमेल पठाएर राजीनामा दिए । उनले लेखे ‘एड हक सिएसीको हिस्सा बन्नु खुसीको कुरा थियो । पुरुष क्रिकेट टिमको कोच चयन गर्नु विशेष थियो । मैले तुरुन्त लागू हुने गरी आफ्नो राजीनामा दिएको छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *