डिभिलियर्स पहिलोपटक बिग बाश लिग खेल्ने, यी विष्फोटक ब्याट्सम्यानको ठाउँ लिँदै

डिसी नेपाल
१५ असोज २०७६ १५:४२

एजेन्सी। दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्स पहिलो पटक अस्ट्रेलियाको बिग बाश लिग टि–२० खेल्ने भएका छन् । उनले २)१९–२० सिजनको लागि ब्रिस्बेन हीटसँग करार गरेका छन् । ३५ वर्षीय डिभिलियर्स डिसेम्बरदेखि फेब्रुअरीसम्म हुने प्रतियोगिताको दोस्रो हाफमा टिममा जोडिनेछन् । ब्रिस्बेनका कोच डेरेन लेहमेनले उनी टिमसँग जोडिएकोमा खुसी व्यक्त गरे । उनले भने ‘डिभिलियर्ससँग पहिलो पटक काम गर्न पाउँदा उत्साहित छु ।’

लेहमेनले भने ‘विश्व स्तरका खेलाडी हरेक दिन साथमा आउँदैनन् । बिग बाशमा डिभिलियर्स जस्ता खेलाडी हुनु शानदार हो । यस्तो केवल हाम्रो टिमको लागि नभइ पूरै प्रतियोगिताको लागि हो । उनी ३६० डिग्री खेलाडी हुन् । उनीसँग उत्कृष्ट क्षमता, राम्रो स्वभाव र टिमलिडरको गुण छन् ।’ डिभिलियर्सले ब्रिस्बेनमा अर्का विष्फोटक ब्याट्सम्यान ब्रेण्डन म्याकुलमलाई रिप्लेस गर्नेछन् । म्याकुलमले यसै वर्ष सन्यासको घोषणा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *