महराको देखाउने राजीनामा छुट्टै बुझाउने छुट्टै, सुटुक्क बुझाएको दोस्रो राजीनामामा के छ ?

डिसी नेपाल
१५ असोज २०७६ १६:३०

काठमाडौं । कृष्णबहादुर महराले सभामुख पदबाट राजीजामा दिने क्रममा ‘दोस्रो’ राजीनामा दिएको खुलासा भएको छ । हिजो सार्वजनिक भएको राजीनामा पहिलो थियो । तर, दोस्रो राजीनामा सार्वजनिक भएको छैन । यो राजीनामा महराले सुटुक्क उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई बुझाएका थिए । महराले मंगलबार शर्तसहितको राजीनामा पत्र बुझाएका थिए । जसमा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि राजीनामा भन्ने उल्लेख थियो ।

महराको यो राजीनामा उपसभामुख शिवमाया तुम्वाहाम्फेले अस्वीकृत गरेकी थिइन् । उनले शर्तसहितको राजीनामा स्वीकृत नहुने भन्दै त्यो राजीनामा पत्र ‘दराजमा थन्क्याइदिने’ चेतावनी दिएकी थिइन् । त्यसपछि महराले शर्त हटाएर अर्को राजीनामा बुझाएको नेकपा स्रोत बताउँछ । महराको दोस्रो राजीनामा आएपछि उपसभामुखले बुधबार सभामुखको राजीनामा आएको सूचना संसद सचिवालयमा टाँस्न लगाएकी थिइन् । सूचनामा पनि कुनै शर्त उल्लेख गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *