सिन्धु विकास बैंकको शाखा विस्तार, नयाँ शाखा चितवनमा

सिन्धु विकास बैंक लिमिटेडलेले चितवनमा थप दुई वटा शाखा विस्तार गरेको छ। सिन्धु विकास बैंकले बुधबार भरतपुर र कालिका नगरपालिकामा शाखा विस्तार गरेको हो।
बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भरतपुरको कमलनगर र कालिकाको लाहुरे चोकमा शाखा विस्तार गरिएको जानकारी दिए। बडा दशैँको अवसर पारेर सेवाग्राहीलाई बैंकिङ कारोबार गर्न सहज होस् भन्ने उद्धेश्यले शाखा विस्तार गरिएको श्रेष्ठले बताए।
जिल्लामा कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानीको वातावरण रहेकाले बैंकले सोही अनुसारका नीति अवलम्ब गर्दै अगाडि बढ्ने श्रेष्ठको भनाइ छ।
सिन्धु विकास बैंकलाई प्रदेश–३ स्तरीय सबल सक्षम बैंकका रुपमा विकास गर्न लागिपरेको श्रेष्ठले बताए। उनका अनुसार बैंकले हालसम्म दुई अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको प्रधान कार्यालय सिन्धुपाल्चोकको बाह्रबीसेमा रहेको छ। बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाटलगायतका क्षेत्रमा शाखा कार्यालयहरु छन्।
०६७ साल भदौ २२ गते स्थापना भएको बैंक विगतमा ग्रामीण क्षेत्रमा केन्द्रित थियो। पाँच जिल्लामा २१ वटा शाखा सञ्चालन गरेको सिन्धु विकास बैंकले चितवनमा शाखा विस्तार कार्यलाई अगाडि सारेको छ।
श्रेष्ठले छिट्टै चितवनका थप ३ स्थानमा शाखा विस्तार गरिने बताए। उनका अनुसार चनौली, माडी र मुग्लिङमा शाखा विस्तार गर्ने योजना छ।
यस अगाडि चितवनको भरतपुर महानगरपालिकाको विकास चोक, रत्ननगर नगरपालिकाको टाँडी र खैरहनी नगरपालिकाको पर्सा बजारमा शाखा विस्तार गरिसकेको छ।
Facebook Comment