डर्टमण्डको सहज जित

डिसी नेपाल
१६ असोज २०७६ ८:४६

एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले जित निकालेको छ । बुधबार राति भएको खेलमा डर्टमण्डले चेक रिपब्लिकको क्लब स्लाभिया प्राग्वेलाई २-० ले पराजित गर्दै पहिलो जित निकाल्यो ।

स्लाभियाको मैदानमा डर्टमण्डलाई जित दिलाउन आच्राफ हाकिमी नायक बने । डर्टमण्डको लागि दुवै गोल हाकिमीले गरे । खेलको ३५ औं मिनेटमा हाकिमीले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८९ औं मिनेटमा हाकिमीले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई जित दिलाए ।

जितसँगै समूह एफ को डर्टमण्डले २ खेलबाट ४ अंक जोडेको छ । डर्टमण्ड समूहको शीर्ष स्थानमा छ । पराजित स्लाभिया १ अंक जोडेर पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *