अस्मिता आले इंग्ल्याण्डको यू–१९ राष्ट्रिय टिममा समावेश

डिसी नेपाल
१६ असोज २०७६ १०:१०

काठमाडौं । नेपाली मुलकी अस्मिता आले मगर इंग्ल्याण्डको यू–१९ राष्ट्रिय फुटबलमा टिममा परेकी छिन् ।

युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटका लागि इंग्ल्याण्डले घोषणा गरेको टिममा डिफेन्डर अस्मिता परेकी हुन् । एस्टन भिल्लाबाट खेलिरहेकी अस्मिता छनोट अन्तर्गत साइप्रस, बेलारुस र सर्वियासँगको खेलका लागि टिममा परेकी हुन् ।

तर, बुधबार राति साइप्रसविरुद्ध भने अस्मिता बेन्चमा रहेकी थिइन् । उक्त खेलमा इंग्ल्याण्डले ८–० को जित निकालेको थियो । पूर्व गोरखा सैनिकको छोरी १७ वर्षीय अस्मिताले इंग्ल्याण्डको यू–१६ टोलीबाट समेत खेलिसकेकी छिन् ।

अस्मिताका बुबा अमृत आले क्विन्स गोरखा सिंगलका सैनिक हुन् । तनहु दमौलीका अमृत स्क्वासको राष्ट्रिय खेलाडी हुन् । आठौं दक्षिण एसियाली खेलकुद (साग) टिमको बन्द प्रशिक्षण अमृत पनि रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *