च्याम्पियन्स लिगमा आयाक्सको लगातार दोस्रो जित

डिसी नेपाल
१६ असोज २०७६ १०:४५

एजेन्सी । डच क्लब आयाक्सले युएईएफए च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

बुधबार राति भएको समूह चरणको खेलमा स्पेनिस क्लब भ्यालेन्सियालाई ३–० ले पराजित गर्दै आयाक्सले लगातार दोस्रो जित निकालेको हो । भ्यालेन्सियाको मैदानमा आयाक्सलाई जित दिलाउन हाकिम जिएच, क्विन्से प्रोमेस र डोनी भान डी बिकले एक एक गोल गरे ।

भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्ने मौका गुमाएको थियो । उसका डानील परेजोले पेनाल्टीमा गोल गर्न चुकेका थिए । जितसँगै समूह एच को आयाक्सले २ खेलमा ६ अंक जोडेको छ । आयाक्स समूहको शीर्ष स्थानमा छ । ३ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

च्याम्पियन्स लिग अन्तर्गत नै समूह जी को खेलमा लियोनले आरबी लेपजिगलाई २–० ले हराएको छ । यस्तै जेनिट सेन्ट पिटर्सवर्गले बेन्फिकालाई हराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *