सन्दिप लामिछाने आबद्ध बार्बाडोस विजयी हुदै अंक तालिकामा दोस्रो स्थानमा उक्लियो

डिसी नेपाल
१६ असोज २०७६ १०:५०

मुम्बई । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत बार्बाडोस ट्रीडेन्टसले ट्रीनबागो नाइट राइडर्सलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा बार्बाडोसले नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो । प्लेअफमा पुगिसकेका दुवै टिमबीचको यो खेलमा जित पछि बार्बाडोस १० खेलमा १० अंक हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।

नाइट राइडर्सले दिएको १३५ रनको लक्ष्य पछाएको बार्बाडोसले १९.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बार्बाडोसका लागि जोनसन चार्लिजले ५५ रन बनाए भने एलेक्स हल्सले ३३ रन बनाए । त्यस्तै जेपी डुमिनीले अविजित १८ रन बनाए भने शकिब अल हसनले १३ र एशले नर्सले १० रन बनाए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नाइट राइडर्सले २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएका थिए । नाइट राइडर्सका लागि लेंडी सिमोन्सले ६० रन बनाए भने कोलिन म्रुनोले २३ रन बनाए । त्यस्तै कप्तान केरन पोलार्डले २० रन बनाए । बर्बाडोसका बलर शकिब अल हसन, ह्यारी ग्रुने र हेडेन वाल्शले २-२ विकेट लिए ।

जितसँगै बर्बाडोस अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने नाइट राइडर्स भने लगातर तेस्रो खेलमा हार बेहोर्दै चौथो स्थानमा पुगेको छ । अझै एक खेल खेल्न बाँकी रहेकाले नाइट राइडर्सले अन्तिम खेल जितेमा भने दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने अवसर पाउने छ । अब लिग चरणको अन्तिम खेलमा नाइट राइडर्सले शिर्ष स्थानमा रहेको गुयाना अमेजन वारियर्ससँग खेल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *