स्टोक्स बने वर्षको उत्कृष्ट खेलाडी

डिसी नेपाल
१६ असोज २०७६ ११:५१

एजेन्सी । इंग्ल्याण्डका अलराउन्डर क्रिकेटर बेन स्टोक्सले पीसीए क्रिकेटर अफ दि इयर अवार्ड जितेका छन् ।

घरेलु मैदानमा भएको एकदिवसीय विश्वकपका नायक स्टोक्सले प्रोफेसनल क्रिकेटर्स एसोसियसनले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड जितेका हुन् ।

२८ वर्षे स्टोक्सले विश्वकपको फाइनलमा न्युजिल्यान्डविरुद्ध अविजित ८४ रन बनाएका थिए । जसको कारण खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा समेत खेल बराबरी हुँदा इंग्ल्याण्डले सर्वाधिक बाउन्ड्रीको आधारमा उपाधि जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *