भारत–अफ्रिका टेस्टः मयन्क र शर्माको शतक

डिसी नेपाल
१६ असोज २०७६ १३:११

विशाखापट्नम । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेटमा भारतीय प्रारम्भिक ब्याट्सम्यान मयन्क अग्रवालले शतक प्रहार गरेका छन् । बुधबार शुरु भएको तर वर्षाले प्रभावित यस टेस्टमा अफ्रिकी बलरमाथि दुबै प्रारम्भिक ब्याट्सम्यान हाबी भएका छन् ।

वर्षाका कारण बुधबार तेस्रो सत्र खेल हुन सकेको थिएन । बुधबारको खेलमा भारतले बिना क्षति २०२ रन बनाएको थियो ।

पाँचौं टेस्ट खेल्दै गरेका मयन्क अग्रवालको यो व्यक्तिगत पहिले शतक हो । बुधबार नै अर्का प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले पनि शतक प्रहार गरेका थिए । शर्मा व्यक्तिगत १७६ रन बनाएर केशव महाराजको बलमा आउट भएका छन् ।

मयन्क भने १५३ रन बनाएर खेलिरहेका छन् । भारतले ९८ ओभरमा २ विकेट गुमाएर ३५४ रन बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *