निशुल्क प्राथमिक उपचार तालिमको अभियान लिएर नेपालका ३८ जिल्लामा पुगे उप्रेती

काठमाडौँ । युएईमा सिकेको सीप नेपाली जनताहरूलाई निशुल्क सिकाउने लक्ष्यका साथमा युएईका व्यावसायी तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले सञ्चालन गर्दै आएको निशुल्क प्राथमिक उपचार तालिमको अभियान अहिलेसम्म नेपालका ३८ वटा जिल्लामा सम्पन्न भएको छ।
आफ्नो अभियानको चौथो चरणको तालिम सुदूर पश्चिमका १२ जिल्लाहरूमा सम्पन्न गरेसँगै यो अभियान आधा नेपालमा पुर्याउन सकेको अभियन्ता ओमप्रसाद उप्रेतीले बताएका छन्।
‘राष्ट्रको लागि योगदान’ भन्ने मूल नारा रहेको यो प्राथमिक उपचार तालिममा प्राकृतिक विपत्ति, आकस्मिक अवस्था, दुर्घटनामा हरेक मानिसलाई कसरी जोगाउने भन्ने आधुनिक विधि र पद्धतिबारे सिकाइने गरिन्छ।
मानव जीवनमा अति उपयोगी यो अभियान नेपालका ७७ वटै जिल्लामा आयोजना गरिदैछ। अहिलेसम्म चार चरणमा ३८ वटा जिल्लामा सम्पन्न भएको यो अभियान अब बाँकी जिल्लाहरूमा आगामी दिनहरूमा निरन्तरता दिइने डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रबन्ध निर्देशक समेत रहेका यो अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक उप्रेतीले बताए।
सुदूर पश्चिमका १२ जिल्लामा चौथो चरणको तालिम सम्पन्न
असोज ५ देखि १७ गतेसम्म सुदुर पश्चिमका विकट जिल्लाहरूमा तालिम कार्यक्रमको संयोजन हेमन्त पौडेलले गरेका थिए, भने सरु दुलालले व्यवस्थापनमा सहयोग गरेकी थिइन्।
गत असोज ५ देखि १७ सम्ममा सुदुर पश्चिमका १२ जिल्लामा भइरहेको तालिम अभियान असोज १७ मा दाङमा समापन भएको हो।
गत असोज ५ गते आइतबार दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको कार्यलयमा तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अभियान सहयोगी दामोदर सिंहले बताएका छन्।
दोश्रो दिन असोज ६ गते, सोमबारमा बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसमा सोही तालिम आयोजना गरिएको र उक्त तालिममा जिल्ला प्रहरी कार्यालय बैतडीका इन्चार्ज डीएसपी डिल्लीनारायण पाण्डेको सहकार्यमा रहेको अभियन्ता उप्रेतीले बताएका छन्।
अभियानको तेस्रो दिन असोज ७ गते, मंगलबार बझाङ जिल्लाको शिक्षोदय मावि, बाघथलामा तालिम आयोजना भएको थियो।
चौथो चरणको चौथो दिन असोज ८ गते, बुधबार डडेल्धुरा जिल्लाको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ गन्यापुरमा रहेको सरस्वती माविमा सोही तालिम आयोजना गर्ने योजना गरिएको अभियान सहकर्मी तथा संयोजक हेमन्त पौडेलले जानकारी दिएका छन्।
अभियानको पाचाैँ दिन असोज ९ गते, बिहीवार डोटीको पवित्र माविमा प्रधानाध्यापक टीना थापाको सहजिकरणमा तालिम सम्पन्न भएको थियो।
यसैगरी, असोज १० गते, शुक्रबार अछाममा तालिम आयोजना गरिएको सम्पर्क व्यक्ति भवानी जोशीले बताए।
अभियानको साताैँ दिन असोज ११ गते, शनिबार बाजुरामा तालिम सञ्चालन गरिएको सम्पर्क व्यक्ति उमेश शाही हिक्मत थापा र महेश कार्कीले जानकारी दिए।
यही तालिम असोज १३ गते, सोमबार कंचनपुर जिल्लामा भव्यताका साथमा सम्पन्न भएको सम्पर्क व्यक्ति पदम बिस्ट र कर्ण चन्दले जनाएका छन्।
असोज १४ गते, मंगलबार स् कैलाली जिल्लाको सामुदायिक प्रहरी भवन, हसनपुर, पिपल चौतारा, धनगढीमा यो तालिम आयोजना भएको
सम्पर्क ब्याक्ति धनीराम भण्डारी र चेतन थापाले जनाएका छन्।
असोज १५ गते, बुधबार बर्दियामा यो तालिम आयोजना गरिएको थियो भने असोज १६ गते, बिहीवार बाँके जिल्लाको स्वस्तिक होटल, न्युरोड, नेपालगन्जमा निशुल्क प्राथमिक उपचार तालिम भब्य रूपमा उत्साहजनक उपस्थितिका बीचमा आयोजना गरिएको सम्पर्क व्यक्ति राहुल कौशलले जानकारी दिएका छन्।
चौथो चरणको समापन कार्यक्रम असोज १७ गते, शुक्रबार दाङ जिल्लामा भएको थियो । लमही उध्योग बाणिज्य संघको सभाहलमा आयोजना भएको सम्पर्क व्यक्ति शान्त गिरी र ताराप्रसाद खनालले बताए। समापन कार्यक्रम आयोजना गरिएको र उल्लेख्य उपस्थिति रहेको दाङ–देउखुरी सेवा समाज युएईले समन्वय गरेको दाङ–देउखुरी सेवा समाज युएईका अध्यक्ष कमल गिरीले जानकारी दिएका छन् ।
Facebook Comment