दशैंका लागि चीनबाट कोरला नाका हुँदै पोखरा बेच्न ल्याइएका भेडाच्याङ्ग्रा

डिसी नेपाल
१९ असोज २०७६ ११:२५

पाेखरा । उपल्लो मुस्ताङको छोन्हुप, छोसेर, लोमान्थाङ र घमी गाविस भेडाच्यांग्रा पाल्ने मुख्य स्थान हुन् । यहाँका कृषक चीनबाट भेडाच्यांग्रा ल्याएर पनि व्यापार गर्छन् । चिनियाँ भेडाच्यांग्रा चराउँदै महिना दिनमा जोमसोम झार्ने चलन छ।

मुस्ताङमा पालिने भेडाच्यांग्राले दसैंको मागलाई धान्न सक्दैन। चिनियाँ भेडाच्यांग्रा सस्ता भएकाले व्यापारीले कोरला नाका हुँदै आयात गर्ने गर्छन्।

दसैंका लागि  करिब २ लाख भन्दा बढि भेडाच्यांग्रा बर्सेनि पोखराको बजारमा बिक्रीका गर्न ल्याइन्छ । भेडाच्यांग्रालाई गाडीमा राखेर लैजाँदा मर्ने र दुब्लाउने भएकाले पोखरासम्म नै चराउँदै ल्याउने गरिएको व्यापारी बताउँछन्।

व्यापारीका अनुसार पोखरामा प्रतिगोटा २५ देखि ३५ हजार सम्ममा बिक्री गरिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *