हङकङले दियाे नेपाललाई १ सय २६ रनको लक्ष्य

डिसी नेपाल
१९ असोज २०७६ १७:२२

काठमाडौँ । ओमनमा जारी पाँच राष्ट्र सहभागि टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा हङकङले नेपाललाई १ सय २६ रनको लक्ष्य दिएको छ।

ओमनको अल अम्राट क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिंग गरेको हङकङले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाएर १ सय २५ बनायो।

हङकङका खेलाडी वकासले ४७ बलमा सर्वा्धिक ३७ रन बनाए भने, किन्चितले ३१ बलमा ३१ रन जोडे । नेपालका लागि करण केसीले ४ तथा अभिनाश बोहोराले १ विकेट लिए।

नेपाली खेलाडीलाई हौसला दिन ओमनस्थित नेपाली दूतावासकी राजदूत शर्मिला पराजुली ढकाल तथा त्यहाँ कार्यरत नेपालीहरु खेलमैदानमा पूगेका छन्।

पाँचदेशीय सिरिजमा नेपालसहित आयोजक ओमन, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड सहभागि छन्।

नेपालले दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमनसँग असोज २३ गते खेल्ने छ ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमनले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *