पक्राउ परे निवर्तमान सभामुख कृष्णबहादुर महरा

डिसी नेपाल
१९ असोज २०७६ १८:०७

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।

आइतबार साँझा उनलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले प्रक्राउ गरेको जनाईएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएसंगै महरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

गत आइतबार राती आइतबार राति महरा पीडित भनिएकी रोशनी शाहीको कोठामा पुगेर बलात्कार प्रयास गरेको भन्दै संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

महरामाथि असोज १२ गते राती संघीय संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ।

सुरुमा आफुमाथि दुर्रव्यवहार नभएको भन्दै पीडीत महिलाले बयान फेर्दै आएपनि शुक्रबार भने महराविरुद्ध किटानी जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो।

महराले यस अघि नै सभामुख पदबाट राजीनामा दिईसकेका छन्। १२ गते रातीको घटना १३ गते सार्वजनिक भएपछि असाेज १४ गते बसेको नेकपाको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन भनेको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *