पहिलो बलमै पारस आउट

डिसी नेपाल
१९ असोज २०७६ १८:०१

काठमाडौँ । ओमनमा जारी पाँच राष्ट्र सहभागि टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपालले खराव सुरुवात गरेको छ।

हङकङविरुद्ध १ सय २६ रनको लक्ष्य पछ्याइरहेको नेपालको २ .१ ओभरमै दुई विकेट पतन भएको छ । नेपालका कप्तान पारस खड्का शुन्यरनमै आउट भएका छन् भने पवन शरार्फ १० रन बनाएर आउट भएका छन्।

यो समाचार तयार पार्दासम्म नेपालले ५.५ ओभरमा दुई विकेटको क्षतिमा ३५ रन बनाएर खेलिरहेको छ।

ओमनको अल अम्राट क्रिकेट मैदानमा जारी खेलमो हङकङले निर्धा्िरत २० ओभरमा ४ विकेट गुमाएर १ सय २५ बनाएको थियो।

हङकङका खेलाडी वकासले ४७ बलमा सर्वा्िधक ३७ रन बनाए भने, किन्चितले ३१ बलमा ३१ रन जोडेका थिए। नेपालका लागि करण केसीले ४ तथा अभिनाश बोहोराले १ विकेट लिएका थिए।

 

नेपाली खेलाडीलाई हौसला दिन ओमनस्थित नेपाली दूतावासकी राजदूत शर्मिला पराजुली ढकाल तथा त्यहाँ कार्यरत नेपालीहरु खेलमैदानमा पूगेका छन्।

पाँचदेशीय सिरिजमा नेपालसहित आयोजक ओमन, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड सहभागि छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *