हङकङमाथी नेपालको जीत, विनोदको अर्धशतक

डिसी नेपाल
१९ असोज २०७६ १९:१६

काठमाडौँ । ओमनमा जारी पाँच राष्ट्र सहभागि टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ।

ओमनको अल अम्राट क्रिकेट मैदानमा जारी खेलमा हङकङले नेपालसामु १ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिंग गरेको हङकङले निर्धा्िरत २० ओभरमा ४ विकेट गुमाएर १ सय २५ बनाएको थियो।

हङकङका खेलाडी वकासले ४७ बलमा सर्वा्िधक ३७ रन बनाए भने, किन्चितले ३१ बलमा ३१ रन जोडेका थिए । नेपालका लागि करण केसीले ४ तथा अभिनाश बोहोराले १ विकेट लिएका थिए।

१ सय २६ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रेको नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा हङकङले दिएको लक्ष्य पुरा गरेको हो।

नेपालका लागि विनोद भण्डारीले अर्ध शतक पुरा गरे। ४८ बलको सामना गरेका उनले ४ चौका र ३ छक्काको हान्दै ५८ रन बनाएका थिए।

नेपाली खेलाडीलाई हौसला दिन ओमनस्थित नेपाली दूतावासकी राजदूत शर्मिला पराजुली ढकाल तथा त्यहाँ कार्यरत नेपालीहरु खेलमैदानमा पूगेका थिए।

पाँचदेशीय सिरिजमा नेपालसहित आयोजक ओमन, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड सहभागि छन्।

नेपालले दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमनसँग असोज २३ गते खेल्ने छ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमनले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *