नेदरल्यान्ड्सँग टस जितेर फिल्डिङ गर्दै नेपाल, सन्दिपले लिए पहिलो विकेट

डिसी नेपाल
२० असोज २०७६ ११:४७

काठमाडौं । ओमनमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वाटी सिरिजमा आज नेपालले दोस्रो खेल नेदरल्यान्ड्सँग खेल्दैछ । ओमनको अल अम्रेट क्रिकेट मैदानमा भर्खरैबाट सुरु भएको खेलमा नेपालले नेदरल्यान्ड्ससँग टस जितेर बलिङ रोजेको हो।

खेलमा नेपालले सुखद सुरुवात गरेको छ । टस जितेर फिल्डिङ गरेको नेपालका लागि दोस्रो ओभरको पहिलो बलमै सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् ।

उनले गसगली बलमार्फत् नेदरल्यान्ड्सका टोबियास भिसीलाई बोल्ड गरे ।

पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा छ।

पाँचदेशीय सिरिजमा नेपालसहित आयोजक ओमन, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड सहभागि छन्।

नेपालले तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमनसँग असोज २३ गते खेल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *