नेपाललाई नेदरल्यान्डले दियो १ सय ३४ रनको चुनौती

डिसी नेपाल
२० असोज २०७६ १३:०१

काठमाडौँ । ओमनमा जारी पाँच राष्ट्र सहभागि टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डले नेपाललाई १ सय ३४ रनको चुनौती दिएको छ।

ओमनको अल अम्राट क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिंग गरेकोे नेदरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ३३ रन बनायो।

नेदरल्यान्डका खेलाडी म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वा्धिक ४३ रन बनाए । यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन जोडे । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै करण केसीले ३ ओभर ३ बलमा १७ रन खर्चेर ४ विकेट लिए। ललित नारायण राजवंशीले १ विकेट लिए।

पहिलो खेलमा आइतबार नेपालले हङकङलाई पराजित गरेको थियो।

पाँचदेशीय सिरिजमा नेपालसहित आयोजक ओमन, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड सहभागि छन्।

नेपालले तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमनसँग असोज २३ गते खेल्ने छ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमनले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *