करण केसीको उत्कृष्ट प्रर्दशनसँगै नेदरल्याण्डमाथि नेपालको रोमाञ्चक जित

डिसी नेपाल
२० असोज २०७६ १४:५६

काठमाडौँ । ओमनमा जारी पाँच राष्ट्र सहभागि टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई चार विकेटले पराजित गरेको छ।

ओमनको अल अम्राट क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेदरल्याण्डले नेपालसामु १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिंग गरेकोे नेदरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ३३ रन बनाएको थियो।

नेदरल्याण्डले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रेको नेपालले पालले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो।

नेपालका लागि विस्फोटक ब्याटिङ गरेका करणले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाउन सफल भए। त्यस्तै कप्तान पारस खड्काले सर्वा्धिक ३३ रन बनाएका थिए । बिनोद भण्डारीले २६ रन जोडे ।

नेदरल्यान्डका खेलाडी म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वा्िधक ४३ रन बनाए । त्यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन जोडे ।

नेपालका  लागि सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै करण केसीले ३ ओभर ३ बलमा १७ रन खर्चेर ४ विकेट लिए। ललित नारायण राजवंशीले १ विकेट लिए।

पहिलो खेलमा आइतबार नेपालले हङकङलाई पराजित गरेको थियो।

पाँचदेशीय सिरिजमा नेपालसहित आयोजक ओमन, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड सहभागि छन्।

नेपालले तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमनसँग असोज २३ गते खेल्ने छ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमनले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *