अर्घाखाँची जीप दुर्घटना: ज्यान गुमाएका दुईको सनाखत, घाईते ४ जनालाई बुटवल रिफर

डिसी नेपाल
२० असोज २०७६ १७:५३

काठमाडौँ । दशैंको मुखैमा अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

मृत्यु हुनेमा अर्घाखाँची ढाकाबाङबाट हाल लमही नगरपालिका ५ मिलन चोक दाङमा बसाई सरेका बर्ष ५१ का घनश्याम खनाल र निजको श्रीमती ४६ वर्षीय श्यामकला खनाल रहेको र बाँकी एक जनाको भने अहिलेसम्म सनाखत भैनसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले डिसी नेपाललाई बताए।

दुर्घटनामा परि घाईते भएका  ६ जना मध्ये ४ जनालाई अर्घाखाँची अस्पतालबाट बुटवल रिफर गरिएको छ । बुटवल रिफर गरिएका घाइतेहरूमा भूमिकास्थान नगपालिका–१० का ३० वर्षीय उमेश रेग्मी, अर्घाखाँची ढाकाबाङबाट हाल लमही नगरपालिका ५ मिलन चोक दाङमा बसाई सरेका १६ वर्षीया बिन्दु खनाल र उनकी १२ वर्षीया बहिनी अनिता खनाल, गाडीका चालक गोरुसिङ्गे कपिलवस्तुका २४ वर्षीय विरेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै भूमिकास्थान नगपालिका–१० की १९ वर्षीया सिमा रेग्मी र उनकी १ वर्षीया छोरी आदित्या रेग्मीको भने सन्धिखर्कमै उपचार भैरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिएका छन्।

मृतक घनश्याम र श्यामकला घाईते बिन्दु र अनिता खनालको वुवा आमा रहेको बुझिएको छ।

कृष्णनगरबाट अर्घाखाँची सन्धिखर्कका लागि छुटेको लु १ ज ४३२९ नम्बरको यात्रुबाहक जीप सोमबार दिउँसो नरपानीमा ब्रेक फेल भएर दुर्घटना भएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *