दशैँमा सर्वसाधारणको सहजताको लागि चितवनमा पनि प्रहरीको निशुल्क बस सेवा

डिसी नेपाल
२१ असोज २०७६ ११:३०

चितवन । उपत्यका बाहिर पहिलो पटक नेपाल प्रहरीले चितवनमा वडा दशैंको अवसरमा सर्वसाधारण नागरिकहरूको सहजताको लागी निशुल्क बस सेवा सञ्चालन गरेको छ ।

आईजिपी सवेन्द्र खनालको निर्देशनमा नेपालीहरूको महान चाड विजया दशमी २०७६ को शुभ अवसरमा नागरिक सहजताको लागि आज असोज २१ गते निशुल्क बस सेवा सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।

विजयादशमीका दिन भरतपुर महानगरपालिका, जिल्ला प्रहरी कार्यालय चितवन र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको समन्वय तथा संयोजनमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तरगत सर्वसाधारण नागरिकहरूको सहजताको लागी निशुल्क बस सेवा सञ्चालन गरिएको उनले बताए । आज बिहान ०८  बजेदेखी निशुल्क बस सेवा सञ्चालन गरिएको हाे।

‘नागरिकहरूको यात्रालाई सहज गराउनको लागी जिल्ला प्रहरी कार्यालय, चितवन यहाँहरूको साथमा छ , उनले भने ‘प्रहरी नागरिकको सुरक्षामा मात्र होईन्, सुख दःख सबैमा साथसाथै छ ।’

बस संचालन हुने रुटहरु:-

१. ना १ ख ८५२४, ना १ ख ४७५४ (पुल्चोक देखी लोथर –लोथर देखी पुल्चोक सम्म)

२. बा १ क ९५७२(पुल्चोक-चौबिसकोठी-गितानगर र फिर्ता सोही रुटमा)

३. ग १ क २६०० (चौबिसकोठी-कल्याणपुर-रामपुर-शारदानगर-चनौली र फिर्ता सोही रुटमा)

४. बा १ ग २५९६ (पुल्चोक-चौबिसकोठी-पारस बसपार्क-आपटारी-पुल्चोक-रिङ्गरोड एरिया)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *