भोजपुरमा चट्याङ लागेर ६ जना घाइते

डिसी नेपाल
२१ असोज २०७६ १२:२९

भोजपुर। अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ।

त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री र २२ वर्षीया कोपिला गिरी घाइते भएको प्रहरीले जनाएको छ । घाइते अधिकांशले कान नसुन्ने तथा शरीरको विभिन्न ठाउँमा असर देखिएको प्रहरीले जनाएको छ । चट्याङका कारण स्थानीइ गञ्ज राइको गोठमा बाँधेका दुई वटा भेडा मर्दा रु ५० हजार बराबरको क्षति भएको छ । त्यस्तै स्थानीय ८५ वर्षीय मानबहादुर राईको एक तले घर भत्किँदा रु ५० हजारको क्षति भएको प्रहरीको भनाइ छ।

त्यसैगरी लाम्लुङ गाउँमा रहेको कैकुलघु जलविद्युत आयोजनामा रु ८५ हजार बराबरको क्षति भएको छ । सो विद्युत् आयोजनाबाट गाउँमा वितरण गरेको तीन हजार मिटरतार समेत डढेको जनाइएको छ। सो स्थान दुर्गम रहेको कारण गरी सूचना सङ्कलनमा समेत समस्या भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *