विरामी, डाक्टर, नर्स र कर्मचारीले एकसाथ मनाए दशैँ

डिसी नेपाल
२१ असोज २०७६ १५:५३

चितवन ।  नेपालीहरूको महान् चाड वडा दशै सबैले आआफ्ना घरमा मान्यवरहरुसगँ टीका, जमरा र आशीर्वाद थाप्दै मनाएका छन् । तर यही परिवेशमा चितवनमा भने पहिलो पटक चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा भने विरामी, डाक्टर, नर्स र अस्पतालका कर्मचारीहरूले एक आपसमा खुसी साट्दै दशैँ मनाएका छन्।

मेडिकल सिटि चितवनमा विशिष्टीकृत उपचार सेवा दिदैँ आएको चितवन मेडिकल कलेजले विरामी, कर्मचारी, डाक्टर, नर्सहरूलाई दशैँ खल्लो नहोस् भनेर एकसाथ दशैँ मनाउने परम्परा सुरु गरेको अस्पतालको अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिश्चन्द्र न्यौपानेले जानकारी दिए।

अस्पतालको सर्जरी वार्डमा उपचाररत ८४ वर्षीय विरामी तुलमान पाख्रिनको हातबाट टिका थाप्दै अस्पतालमा दशै मनाउन सुरु गरिएको थियो । उनले कोहि पनि विरामी नहुन् र सबैले खुसी देख्न पाउन भनि शुभकामना दिए।

सो अवसरमा अस्पतालका मिडिया संयोजक हरि बोहराले आफु घर नजिक भएको दशैँको टीका थापेर हतार हतार गर्दै अस्पतालमा आएर फेरिसगैँ दशैँ मनाउदा निकै खुसी लागेको बताए ।  ‘सबैले धर्म गर्न मन्दिर गएर दान गर्न पर्दैन, उनले भने हाम्रो लागि मान्यजनको आशीर्वाद भन्दा ठूलो विरामीको मुस्कान नै हो । त्यस मै हामी खुसी हुन्छौं ।’

अस्पतालमा कार्यरत डा. रोहित त्रिपाठीले यस पटक आफ्नो टिका नभएपनि विरामीहरुसगैँ दशै मनाउन पाउदाँ निकै हर्षित बनेको तर्क गरे । दशैमा विरामीको सेवा गर्न पाउदा निकै खुसी भएको बताए।

नर्स अस्मीता पोख्रेरलले भनिन् आफ्नो हजुरआमा वितेको कारण दशैँ मनाउन नभए पनि विरामी र साथीहरु अस्पतालमा दशैँ मनाएको देख्दा दशैँको पल थप रोचक भएको प्रतिक्रिया दिईन्।

यस्तै अर्की नर्स सुनिता आचार्य घरमा गएर टिका लगाउन नपाए पनि विरामीहरुको सेवा गर्दै दशै मनाउँदा थप उत्साहित भएको बताइन्।

यस्तै विरामी विनोद मगरले दशैँ अस्पतालमा मनाउँदा रमाइलो लागेको र घर जस्तै अनुभूति भएको बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *