पूर्वराजा शाहले लगाइदिए सर्वसाधारणलाई दशैँको टीका

डिसी नेपाल
२१ असोज २०७६ १७:१९

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दशैँको टीका लगाइदिएका छन्।

पूर्वराजा शाहले महाराजगंजस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दशैँको टीका लगाइदिएका हुन् । त्यस अवसरमा उनको हातबाट टीका ग्रहण गर्ने सर्वसाधारणको भीड लागेको थियो।

पूर्व राजा शाहले हरेक वर्ष वडा विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *