अर्जेन्टिनासँग जर्मनीले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा

एजेन्सी। फिफाको मैत्रीपूर्ण खेलमा पूर्व डिफेन्डिङ च्याम्पीयन जर्मनी र अर्जेन्टिनाको खेल बराबरीमा रोकिएको छ । जर्मनीको डर्टमुण्डमा भएको खेलमा घरेलु टिमले पहिलो हाफमा नै लिएको २–० अग्रता अन्तिममा जोगाउन सकेन ।
पहिलो हाफमा २-० ले पछाडि परेपनि दोश्रो हाफमा अर्जेन्टिनाले पुनरागमन गरेको हो । खेलको १५ औँ मिनेटमा नै नाब्रीको गोलमा जर्मनीले अग्रता बनाएको थियो ।
त्यसपछि २२ औं मिनेटमा हाभेर्जले गोल गरेर टिमलाई २–० ले अगाडि राखे । लुकास अलारियोले ६६औं मिनेट र खेल सकिन ५ मिनेट बाँकी रहँदा लुकास ओकाम्पसले अलारियोको उत्कृष्ट मुभलाई गोलमा परिणत गर्दै अर्जेन्टिनालाई बराबरीमा ल्याएका थिए। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।
उक्त खेलमा मेस्सी आफ्नो टिममा थिएनन्। मैत्रीपूर्ण फुटबलकै अर्को खेलमा अजरबैजानले बहराइनलाई ३–२ ले हराएको छ ।
Facebook Comment