राष्ट्रपति सिको स्वागत तयारीः ठाउँठाउँमा गेट, पोलपोलमा राष्ट्रपतिको तस्वीर

काठमाडौं। २ दिने नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सि जिङपिङको स्वागतका लागि काठमाडौंका सडकहरु सिंगारिएका छन्।
सडक कालोपत्रे गर्नेदेखि सडकका किनारामा व्यानर व्यानर सजाएका छन् भने बिजुलीका खम्बाहरुमा चिनियाँ राष्ट्रपति र नेपालका राष्ट्रपति विद्यादेबी भण्डारीको तस्बीरहरु सजाइएका छन्।
राष्ट्रपति भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आउन लागेका सी जिनपिङ आइतबारसम्म काठमाडौंमा रहनेछन्।
प्रतिक्रिया
Facebook Comment