ओमानविरुद्ध नेपालको खराब प्रदर्शन

डिसी नेपाल
२३ असोज २०७६ १७:०८

काठमाडौं । सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्ड्सलाई पराजित गरेको नेपाली टोली घरेलु टोली ओमानसंग नेपाल मात्र ६४ रनमा अलआउट हुन पुगेको छ । टस जितेर पहिले बलिङ्ग गरेको ओमानले खेलको ११ ओभरमा नै नेपाललाई अलआउट बनायो।

नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक जोड्न सफल भए । आरिफ शेखले सर्वाधिक २० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ११ रन जोडे । ४ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिएका ओमनका अमिर कालिम नेपालका लागि खरो साबित भए भने बिलाल खानले २ विकेट लिए ।

ओमन ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ, भने नेपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ।

ओमनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *