संसारी माया विचित्र… लादेनको अनुहार भएको सीप
लन्डन। बेलायतकी एक महिलाले यस्तो सीप भेटेको दाबी गरेकी छन् जसमा अल कायदा प्रमुख ओासामा बिन दालेनका अनुहार देखिन्छ। ती महिलाका अनुसार उनलाई सीप जम्मा गर्ने शोख छ। र, त्यसका लागि उनी आफ्ना पतिसँग समुद्रमा घुमिरहन्छिन्।
यसै क्रममा लादेनको अनुहार भएको सीप फेला परेको उनको भनाइ छ । लादेनको अनुहार भएको सीप भेट्ने महिलाको नाम डेब्रा ओलिवर (६०) हो। आफ्ना श्रीमान मार्टिन (६२) सँग पश्चिम लन्डनको ब्रेन्टफोर्डमा बस्छिन्।
बुधबार विवाहको ४२ औं वर्षगाठँ मनाउने क्रममा उनीहरु पूर्वी ससेक्सको विनचेल्सियाको समद्र तटमा गएका थिए। उनीहरुले त्यही लादेनका अनुहार भएको सीप फेला पारेका हुन्।
डेब्राका अनुसार उनले सीप देख्ने वित्तिकै उनलाई अचम्म लाग्यो,त्यसपछि उनले सीपलाई उठाएर हेरिन्। उनी त्यतिबेला अचम्मित भइन् जतिबेला सीपमा अलकायदा प्रमुख लादेनको अनुहार थियो। ती महिलाले मजाक गर्दै भनिन्–रमाइलो कुरा के भने उनलाई समद्रमा नै डुबाइएको थियो।’
ती महिलाका अनुसार यस्तो सधैं हुँदैन की कुनै सीप भेटियोस र कसैको अनुहारसँग मेल खाओस्। यस्तोमा सीममा ओसामा बिन लादेनको अनुहार मिल्नु अद्भुत हो। किनभने उनीहरु जुन समुद्र तटमा घुम्न गएका थिए त्यहाँ लाखौंको संख्यामा सीपी र चम्किाला पथ्थर थिए।
ओसामा बिन लादेन आतंकवादी संगठन अल कायदाका प्रमुख थिए। अमेरिकामा २००१ मा ९/११ मा भएको आतंकवादी आक्रमणको मुखय योजनाकार लादेनलाई नै मानिन्छ। उनलाई २०११ मा अमेरिकी नेवी सील कमाण्डोजले पाकिस्तानको एबटाबादमा हत्या गरेका थिए।
Facebook Comment