संविधान संशोधन गर्न पूर्व राष्ट्रपति यादवको सरकालाई सुझाव

डिसी नेपाल
२४ असोज २०७६ १५:३०

काठमाडौं। पूर्व राष्ट्रपति रामवरण यादवले संविधान संशोधन गरेर संविधानमा सबैको अपनत्व कायम गर्ने बाटोमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।

राजधानी काठमाडौंमा सुरु प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलनको शुक्रबार उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले सरकार र नेतृत्वमा रहेका राजनीकि दलहरुले संविधानमा भएको त्रुटी सच्याएर अघि बढ्नुपर्ने धारणा राखेका हुन्।

जनताको ठूलो बलिदानबाट प्राप्त संविधानलाई सर्वस्वीकार्य बनाउदै सबैले अपनत्व महसुस गर्ने गरी संविधानमा भएका त्रुटीहरुलाई सच्याउनुपर्नेमा उनले जोड दिए।

संविधान संशोधन गर्न तत्परता नदेखाउने हो भने प्राप्त उपलब्धिलाई सबैले महसुस गर्न नपाउने र कार्यान्वयनमा पनि जटिलता उत्पन्न हुन सक्ने भन्दै उनले त्यसतर्फ सरकार र राजनीतिक दलले विवेक पुर्याउनुपर्ने बताए।

समाजसेवी भद्र कुमारी घलेले समग्र आदिवासी जनजातीकोबारेमा नयाँ खोज अनुसन्धान आवश्यक रहेको भन्दै आफ्ना पुर्खाका बारेमा खोज अनुसन्धान गर्न युवा पुस्तालाई आग्रह गरिन्। सम्मेलन सनिबार सम्म चल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *