चिनियाँ राष्ट्रपति सीलाई न्यानो स्वागत र अभिवादन गर्छौं : राप्रपा (संयुक्त)

डिसी नेपाल
२४ असोज २०७६ १९:४५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने राजकीय भ्रमणलाई सुखद् अवसरको सङ्ज्ञा दिँदै न्यानो स्वागत र अभिवादन गर्ने जनाएको छ।

पार्टीका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र चीन भौगोलिकरूपमा जति निकटस्थ छन् भावना र व्यवहारमा पनि त्यतिकै नजिक रहेको उल्लेख गरेका छन्।

पार्टीले राष्ट्रपति सी भ्रमणले दक्षिण एशियामा स्थायित्व, शान्ति र विकासमा थप योगदान पुग्नाका साथै नेपाल–चीन सम्बन्धले थप नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।

उक्त पार्टीले भनेको छ, ‘राष्ट्रपति सीको भ्रमणको पूर्ण सफलताको कामनासहित स्वागत र अभिवादन गर्दछौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *