चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै

डिसी नेपाल
२५ असोज २०७६ ६:३०

काठमाडौं। २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछन्।

उनी शनिबार अपरान्ह साढे ४ बजे त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

राष्ट्रपति सी अहिले दुई दिने भारत भ्रमणको क्रममा चेन्नईमा छन्। उनी शुक्रबार भारत पुगेका थिए। आज त्यहाँ शीर्ष नेताबीच भेटवार्ता तथा द्धिपक्षीय वार्ता सम्पन्न गरेर दिउँसो २ बजे त्यहाँबाट नेपालका लागि प्रस्थान गर्ने छन्।

राष्ट्रपति सी नेपाल आउँदा करिब साढे २ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *