चिनियाँ राष्ट्रपति सी चेन्नईबाट काठमाडाै‌ं प्रस्थान

डिसी नेपाल
२५ असोज २०७६ १५:२०

काठमाडाैं। नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङ केही समयपछि काठमाडौँ आउँदै छन्।

राष्ट्रपति सीको स्वागतका लागि नेपालले सम्पूर्ण तयारी पूरा गरिसकेको छ। भारतको चेन्नाइमा रहेका राष्ट्रपति सी केही घण्टाअघि काठमाडौँका लागि प्रस्थान गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आउन लागेका हुन्। चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *