राष्ट्रपति सीको लागि के के छ खानाको मेनु?

डिसी नेपाल
२५ असोज २०७६ १९:५३

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रिपतिको सम्मानमा राष्ट्रपति भण्डारीले शनिबार साँझ रात्रिभोजको आयोजना गर्दैछिन्।

सोल्टी होटलमा हुने रात्रिभोजका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली पनि सहभागी हुनेछन्। यस्तै उच्चपदस्थ सरकारी अधिकारीका साथै विभिन्न राजनीतिक दलका उच्च नेताहरु पनि सो भोजमा सहभागी हुनेछन्।

राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालय मार्फत चिनियाँ राष्ट्रपतिलाई खुवाउने खानाका परिकारबारे पनि सोल्टी होटललाई जानकारी गराएर सोहीअनुसारको व्यवस्था गर्न भनिसकेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति सीको खाना सूचीमा मोमो, साँधेको भटमास, कुरिलोको रस, डबल रोष्टेड ल्याम्ब चप वीथ बन्र्ट गार्लिक ससलगायतका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *