नेपाली समुदायको पहिलो बित्तिय संस्था एभरेष्ट फेडरल क्रेडिट युनियन ज्याक्सन हाइटमा
न्युयोर्क। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको लागि बित्तिय सेवा प्रदायक एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियु) को कार्यालय न्युयोर्कको ज्याक्सन हाइटमा यहि अक्टोबर ५ बाट संचालनमा आएको छ।
अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसियुए) बाट बैंकिंङ्ग कारोबार गर्न अनुमति प्राप्त यस क्रेडिट युनियनले नेपाली मुलका सदस्य ग्राहकहरुको लागि वित्तिय सेवा प्रवाह गर्दछ । अमेरिकाको सम्पूर्ण राज्यहरुमा आफ्नो कार्य संचालन गर्न सक्ने अनुमति पाएको एभेरेस्ट क्रेडिट युनियनले अब छिट्टै नपाली समुदायको बसोबास भएका विभिन्न स्थानहरुमा आफ्ना शाखाहरु विस्तार गर्नेछ ।
सोमबार देखि शुक्रबारसम्म नियमित बिहान ११:३० बजे देखि बेलुका ६:३० बजेसम्म कार्यालय खुल्ने छ भने शनिवार पनि दिउसो १२:३० बजे देखि ४:३० बजेसम्म आफ्ना ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्ने छ। एभरेष्ट फेडरल क्रेडिट युनियनमा हाललाई निम्न वित्तिय सेवाहरु उपलब्ध छन्।
नयाँ शेयर सदस्य खाता खोल्नको लागि न्युतम १ शेयरको २५ डलर कायम गरिएको छ। कम्तिमा १ शेयर बरावरको शेयर खाता खोलि एभरेष्ट फेडरल क्रेडिट युनियनको शेयरधनि बन्न सकिने व्यवस्था गरिएको छ। बढीमा आफ्नो वित्तिय अवस्था वा बचत अनुसार जति पनि शेयर बरावरको रकम शेयर खातामा राख्न सकिन्छ। क्रेडिट युनियनको वार्षिक नाफाबाट संचालक समितिको निर्णय अनुसार शेयर खातावालाहरुले प्रतिफल (डीभिडेण्ड) प्राप्त गर्नेछ। यस क्रेडिट युनियनमा खाता खोल्नको लागि शुरुमा एक पटक मात्र २५ डलर प्रवेश शुल्क लाग्दछ।
बचत खाता अन्तर्गत विभिन्न बचत खाताहरुको व्यवस्था गरिएको छ। यी खाताहरुमा बढीमा ३.२५ प्रतिशत सम्म ब्याज प्रदान गर्न सकिने छ। आफ्ना बालबालिकाहरुको विभिन्न चाडपर्व तथा जन्मदिन आदिमा प्राप्त रकमहरुलाई उनीहरुकै उच्च शिक्षा वा अन्य प्रयोजनका निम्ति एभरेस्ट क्रेडिट युनियनमा बाल बचत खाता खोल्न सकिन्छ। त्यस्तै, विधार्थीहरुको लागि युवा तथा विधार्थी बचत खाता पनि उपलब्ध छ। यी दुवै खाताहरुमा ब्युनतम मौज्दात (मिनिमम ब्यालेन्स) को आवश्यकता नहुने भएको हुनाले कुनै पनि रकमबाट खाता खोली बाल तथा युवा विद्यार्थीहरुले वा अभिभावकहरुले यी खाताहरु खोली बचत गर्ने बानी बसाउने र बचतमा प्राप्त हुने ब्याजको फाइदा लिन सकिनेछ।
यस क्रेडिट युनियनमा व्यक्तिगत रिटायर्डमेन्ट खाताहरु पनि उपलब्ध छन्। जसमा नियमित व्यक्तिगत रिटायर्डमेन्ट खाता (ट्रेडिसनल इरा) तथा रथ रिटायर्डमेन्ट खाता (रोथ इरा) हरुको व्यवस्था छ। यस्ता रिटायर्डमेन्ट खाताहरुमा बचत गर्दा हामीले तिर्नु पर्ने करमा कमि पनि हुन सक्दछ भने बुढेसकालको लागि हामी सबैले बचत गर्न सक्दछौं।
एभरेष्ट फेडरल क्रेडिट युनियनमा ड्राफ्ट (चेकिङ्ग) खाता पनि खोल्न सकिन्छ।
ड्राफ्ट (चेकिङ्ग) एकाउन्ट अन्तर्गत एभरेष्ट बेस क्याम्प, एभरेष्ट सेकेन्ड बेस क्याम्प, एभरेष्ट थर्ड बेस क्याम्प, र समिट अफ एभरेष्ट नामका खाताहरु खोलि व्यक्तिगत वित्तिय कारोबारहरु गर्न सकिन्छ। यी खाताहरु मध्ये एभेरेस्ट बेस क्याम्प खातामा न्युतम २५० डलर राख्नु पर्ने हुन्छ र यी सबै खाताहरुमा डेबिट कार्ड प्रदान गरिन्छ। डेबिट कार्ड प्रयोग गर्दा खर्च गरेको रकम अनुसार पोइन्ट प्राप्त हुन्छ र सोहि अनुसार विभिन्न उपहारहरु पनि प्रदान गरिन्छ। एभेरेस्ट थर्ड बेस क्याम्प, र समिट अफ एभेरेस्ट नामका ड्राफ्ट (चेकिङ्ग) एकाउन्टहरुमा ब्याज पनि प्रदान गरिन्छ। यस क्रेडिट युनियनको कार्यालयमा एटीएम सेवा पनि उपलब्ध छ।
निश्चित समयका लागि गरिने बचत वा मुद्दती बचत अन्तर्गत सर्टिफिकेट अफ डिपोजिट (सिडी) खाताको सुविधा पनि एभरेष्ट क्रेडिट युनियन उपलब्ध छ। यस खातामा इन्ट्रोडक्टरी अफरको रुपमा राम्रो ब्याजदर प्रदान गरिएको छ। यस अन्तर्गत न्युनतम १०० डलरमा पनि खाता खोल्न सकिन्छ । यस अन्तर्गत “४ बर्षे हिमालयन क्यापिटल” सर्टिफिकेट अफ डिपोजिट खातामा ३ प्रतिशत ब्याज दिइन्छ । त्यस्तै १ वर्षे, २ वर्षे, वा ३ वर्षे निक्षेपको लागि पनि सर्टिफिकेट अफ डिपोजिट खाताहरु खोलि रकम बचत गर्न सकिन्छ।
यस एभरेष्ट फेडरल क्रेडिट युनियनमा खाता खोल्ने प्रक्रियाको लागि तस्बिर भएको सरकारी परिचय पत्र, सोसियल सेक्युरिटी नम्बर अथवा व्यक्तिगत कर नम्बर (आइटीआइएन), र हालको ठेगाना प्रमाणीकरणको लागि बिजुली, पानी, टेलिफोन, वा अन्य आधिकारिक ठेगाना प्रमाणित गर्ने चिठीपत्रहरु आदि मध्ये एकको प्रतिलिपि बुझाउनु पर्ने हुन्छ ।
त्यस्तै, एभेरेस्ट क्रेडिट युनियनबाट न्युतम ५.७५ प्रतिशत सम्मका व्यक्तिगत ऋण पनि लिन सकिन्छ। हालको लागि बढीमा १०,००० (दश हजार) डलरसम्म व्यक्तिगत ऋण दिन सक्ने व्यवस्था गरिएको छ। न्युतम ५.७५ प्रतिशत सम्ममा गाडी खरिदको लागि ऋण लिन सकिन्छ। गाडी धितो अन्तर्गत नयाँ गाडी, पुराना सर्टिफाइड गाडी, र रिफाइनान्सिंग सुविधा उपलब्ध छ। कतै तपाईंहरुले अरु वित्तिय संस्थाहरुमा बढी ब्याज तिरी रहनु भएको छ भने यस क्रेडिट युनियनमा सस्तो ब्याजमा ऋण सार्न सक्नु हुन्छ।
यी विभिन्न शीर्षकहरुमा प्रदान गरिने ऋणमा लाग्ने ब्याज दर र यसको निर्णय भने निवेदकको क्रेडिट स्कोर र आम्दानीको आधारमा नियामक निकायहरुद्वारा निर्धारित व्यवस्थाहरुको आधारमा रहेर गरिने छ। यस क्रेडिट युनियनबाट घर कर्जा तथा क्रेडिट कार्ड सुविधाहरु लगायत विभिन्न कर्जाहरु पनि छिटै उपलब्ध हुँदै जानेछन्।
सम्पूर्ण खातावाल सदस्यहरु नै मालिक हुने क्रेडिट युनियनको संरचनाले गर्दा वार्षिक रुपमा हुने सम्पूर्ण नाफा सबै खातावालाहरुलाई उनीहरुको शेयर बचतको हैसियतमा वितरण हुने गर्दछ। यसकारण एभेरेस्ट क्रेडिट युनियनमा खाता भएका, खोल्नु हुने, र भविष्यमा हुने सम्पूर्ण सदस्यहरु नै बास्तवमा एभेरेस्ट क्रेडिट युनियनका मालिकहरु हुन्छन्। क्रेडिट युनियन कुनै आर्थिक बर्षमा नाफामा संचालन भएको समयमा र संचालक समितिको निर्णयको आधारमा सम्पूर्ण शेयर सदस्यहरुले प्रतिफल स्वरुप लाभाशं प्राप्त गर्दछन्।
एभरेस्ट क्रेडिट युनियन एक गैर-नाफामुलक सामुदायिक वित्तिय संस्था भएको हुनाले क्रेडिट युनियनले आफ्नो मुनाफामा कर छुट पाएको हुन्छ । यसले गर्दा बचत गर्ने सदस्य बचतकर्ताहरुले आफ्नो बचतमा बढी ब्याज पाउने र ऋण लिंदा न्यून ब्याजमा ऋण पाइन्छ। क्रेडिट युनियनले कमाएको नाफा पनि फेरि बचतकर्ता सदस्यहरुलाई नै उनीहरुको शेयरको हैशियतमा लाभाम्श (डिभीडेण्ड) वितरण हुने भएको हुनाले अबका दिनहरुमा नेपाली समुदायको आर्थिक हित प्रबर्द्धनको लागि एभरेस्ट क्रेडिट युनियनले ठुलो भूमिका निर्वाह गर्नेछ।
एभरेस्ट क्रेडिट युनियन कार्यालयको ठेगाना 74-18 37th Road, Jackson Heights, NY 11372 हो । यसका फोन नम्बरहरु ७१८-८०६-१४१९ र ७१८-८०६-१५१९ मा सम्पर्क गरि यस क्रेडिट युनियनका सेवाहरुको बारेमा थप जानकारी लिन सकिन्छ। साथै, यी सुचनाहरु क्रेडिट युनियनको वेबसाइट www.everestfcu.com मा पनि उपलब्ध छन्। इमेलबाट info@everestfcu.org वा everestfcu@gmail.com मा पनि सम्पर्क गर्न सक्नु हुनेछ ।
Facebook Comment