चिनियाँ राष्ट्रपतिलाई दिइएको रात्रीभोजमा को को थिए ?

डिसी नेपाल
२६ असोज २०७६ ७:२८

काठमाडाैं। चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा सोल्टी होटलमा आयोजित रात्रीभोजमा सीमित पाहुना मात्र थिए। आयोजक राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना थिए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत सरकारका मन्त्रीहरु थिए ।

संसदको राज्य व्यवस्था समितिकी सभापति शशि श्रेष्ठ, नेकपाका नेताहरु जर्नादन शर्मा, अग्निप्रसाद सापकोटा पनि रात्रीभोजमा सहभागी थिए । गनेचुनेका सरकारी अधिकारी, नेता र व्यापारीलाई मात्र भोजमा निम्तो गरिएको थियो। चिनियाँ पक्षबाट राष्ट्रपति सी सहित विदेशमन्त्री, राजदूत तथा भ्रमण दलका सदस्यहरु सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *