…नत्र राष्ट्रपति सीको स्वागत गर्न पाउँथे महराले

डिसी नेपाल
२६ असोज २०७६ ८:२७

काठमाडौं। शनिबार साँझ चिनियाँ राष्ट्रपति सी जिनफिङ काठमाडौं उत्रिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले सीको स्वागत गरिन्। राष्ट्रपति सीको स्वागत गर्न प्रधानमन्त्रीसहित सिंगो क्याबिनेट विमानस्थलमा पुगेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेपछि नेपाली सेनाले राष्ट्रपति सीलाई गार्ड अफ अनर अर्पण गर्यो। त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रयसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत सरकारका मन्त्रीले सीको स्वागत गरे।

तर त्यहाँ प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा भने थिएनन्। संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोय लागेको महरा यतिबेला प्रहरी हिरासतमा छन्।

महिलामाथि जर्बजस्ती यौन दुव्र्यवहार गरेको अभियोग लागेर राजीनामा दिनुनपरेको भए निवर्तमान सभामुख कृष्णबहादुर महराका लागि २५ असोजको साँझ महत्वपूर्ण हुन्थ्यो। उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण भेटवार्ताको अवसर पाउँथे ।

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी ले केही महत्वपूर्ण अधिकारी र नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सभामुख नहुँदा स्वागतका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीपछि सिधै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना देखिएका थिए।

कुनैबेला राजनीतिक पहुँच र प्रभावका अलावा व्यक्तिगत राजनीतिक क्षमता समेत रहेका महराको महिलामाथि जर्बजस्ती प्रकरणले राजनीतिक भविष्य अन्धकारमा पार्यो नै उच्च तहको प्रत्यक्ष भेटघाटको अवसर पनि गुम्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *