नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु

डिसी नेपाल
२६ असोज २०७६ ११:२८

काठमाडाैं। नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ। चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेकाे उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधनमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी छन् भने राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत छन्।

वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिबार अपराह्नदेखि नेपालको दुई दिवसीय राजकीय भ्रमणमा छन्। तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो। रासस




प्रतिक्रिया

One thought on “नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु

  1. नेपालीले गर्दै नगरेर हो। जापानीजले भनेको थियो :- “” नेपाललाई चाहिने चीजहरु मात्रै पनि उत्पादन गर्नी हो भने , धेरै धेरै पैसा , नेपालीहरुसंग हुन्छ , पैसा बाहिर जादैन। नेपालमा , कम्पोस्ट मोल छैना। नेपालीहरुलाई खान पुग्ने माछा छैना। नेपालीहरुलाई खान पुग्ने बंगुर छैना। नेपालीहरुलाई चाहिने बदाम छैना। नेपालीहरु निहुरो भन्ने खान्छन , आज सम्म निहुरोको खेती गर्दैनन। नेपालीहरुले रांगो भैसी खान्छन , त्यही पनि नेपाललाई पुग्ने उत्पादन गर्दैनन। नेपालमा कालो सुँगुरको मासु धेरैले महँगो तिरेर किन्छन बरु चाहिएको जति उत्पादन गर्दैन। ” ” ====== अर्को कुरो पनि भनेको थियो , नेपालीहरु जे चीज पनि एकदम महँगो गर्छन तर बुद्धि छैना उत्पादन बढाएर , ठीक मूल्यमा सामान बेचने “””” भनेको थियो। ( १) अब मेरो बिचार :- म एउटा नेपालको मान्छे हो , मैले USA Canada , Europe , Germany Japan , Australia घुमेको छु , घुमेको हुनाले देखेकै थिए। मलाई पनि के लागेयो भने :- जब मान्छे हरुले , उत्पादन धेरै गर्दैन त्यसैले थोरै चीज , महँगो गरेयो। (२) जून देश जहा छ , तेहि को मूल्य भ्यालु हुना पर्छ। तर नेपालमा कुनै चीज हरु America Europe Australia तुलनामा बेचने, कुनै त्यों भन्दा पनि महँगो :- यस्तै यस्तै गलत हुदै गएमा , काम काज ब्यापार ब्यबसाय बाट , नजानिदो रूपले बिसर्जन ( नस्ट ) हुने , घाटामा जाने। काम काज ब्यापार त बुम्म बुम्म हुनपर्छ , तर उल्टो (३) धेरै नेपालीहरुले , नेपालमा एक जोर मोजा मै , 50 रूपैया नाफा लिएको देखियो। यस्तो भएपछि , चाइनीज पसेर मोटाउछ की मोटाउदैना ??? इंडियन पसनाले नेवार को ब्यापार जाना जानी खोसियो। किनभने , नेवार ले पनि ब्यापार ओभर गरेको हुनाले , ( कस्ले थाहा पाउछ र जति सक्दो नाफा कमाउने हो , ब्यापारमा सींग हुदैन जुरो हुदैन , कस्लाई के थाह ? ) ” भन्नाले , नेवार हरु अहिले शहर मा गरीबी बढेको ओहो एकदम हालत अर्कै भयो। (4) संपूर्ण नेपालीहरु केहि चीज पनि महँगो नगर्नुस। नजानेको नेपालीहरुलाई सिकाउनुहोस। रिसौलान , आफुले जानेको हुनाले , आफु नरिसाइकन बुजाउनुहोस। नबुजदा , नबुझेर , जे पनि गर्छन। (५) यो मैले नै भोगेको कुरो हो :- ” शुद्ध दूध खाना आफै ले , आफैले गाईभैँसी पाल्न पर्छ ” भने र शुद्ध दूध को पैसा भने लिने। :- त्यसको बाउले पालेको मौरी पालन हो र हामीले येतिको त बेचिएको छह , त्यसको चित नबुझे नाकिनोस ” भने। तपाईं हामी सबै लाइ थाहा छह सबै भन्दा सजिलो पेशा हो मौरो पालन , तर हामी शुद्ध माह बेचन सक्दैनौ . त्यस्तो nepali हरुले काम गर्छन ? बरु उल्टे , ” नकिन्न ” भने। मजाले बेचेर पैसा बटुल्ने की , घाट कुरेर बसेर महंगोमा बेचेर समय बिताउने ???? की नबीचने ? मान्छे चन्द्रमा गएका छन , शुद्ध दूध र मह उत्पादन गर्ने नसक्नि ? त्यसमाथि चौपट महँगो। हो अहिले नेपालमा मह बिक्दैन, हजारौ पटक दूध रोडमा फालेर चित बुजाएका छन ( बिश्व ले सुन्दा अच्चम मान्छ :- शायद अब नेपालीहरुलाई दूध र मह ले पनि पुगिसरि आएछ होला भनेर ) . तर बास्तबिकता अर्कै छ। ज जसलाई नागरिकता बेचेको थियो तिनीहरु मोटाउनि Millionair बनने भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *