राजनीतिक नेतृत्वमा दूरदर्शिता भएन : पूर्व राष्ट्रपति यादव

डिसी नेपाल
२६ असोज २०७६ १५:२८

काठमडाौं। पूर्व राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोण नभएको बताएका छन्। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले स्वर्गीय गिरिजा प्रसाद कोइरालामा जस्तो अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण नभएको बताए।

तत्कालीन शसस्त्र द्वन्द्व अन्त्य संगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा स्वर्गीय कोइरालाले स्पष्ट दृष्टिकोण राखेकाले स्वदेशी र छिमेकी राष्ट्रको पनि साथ र सहयोग प्राप्त भएको भन्दै उनले वर्तमान नेतामा भने ‘भिजन’ नै स्पष्ट नभएको टिप्पणी गरे। उनले भने, ‘अहिलेका नेताहरुमा न हृदय छ । न भिजन छ । होराईजन नै सानो देखिएको छ।’

पूर्व राष्ट्रपति यादवले शान्ति प्रक्रिया, गणतन्त्र स्थापना , राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अतुलनीय रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक विकासक्रम संगै विकास निर्माण, मेडिकल कलेजको विस्तार तथा समग्र शिक्षा प्रणालीमा गिरिजा प्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा नेताहरु शेखर कोइराला, डाक्टर रामशरण महत, सुजता कोइराला लगायतले स्वर्गीय कोइरालाको योगदानको चर्चा गरेका थिए।




प्रतिक्रिया

One thought on “राजनीतिक नेतृत्वमा दूरदर्शिता भएन : पूर्व राष्ट्रपति यादव

  1. नेपालीले गर्दै नगरेर हो। जापानीजले भनेको थियो :- “” नेपाललाई चाहिने चीजहरु मात्रै पनि उत्पादन गर्नी हो भने , धेरै धेरै पैसा , नेपालीहरुसंग हुन्छ , पैसा बाहिर जादैन। नेपालमा , कम्पोस्ट मोल छैना। नेपालीहरुलाई खान पुग्ने माछा छैना। नेपालीहरुलाई खान पुग्ने बंगुर छैना। नेपालीहरुलाई चाहिने बदाम छैना। नेपालीहरु निहुरो भन्ने खान्छन , आज सम्म निहुरोको खेती गर्दैनन। नेपालीहरुले रांगो भैसी खान्छन , त्यही पनि नेपाललाई पुग्ने उत्पादन गर्दैनन। नेपालमा कालो सुँगुरको मासु धेरैले महँगो तिरेर किन्छन बरु चाहिएको जति उत्पादन गर्दैन। ” ” ====== अर्को कुरो पनि भनेको थियो , नेपालीहरु जे चीज पनि एकदम महँगो गर्छन तर बुद्धि छैना उत्पादन बढाएर , ठीक मूल्यमा सामान बेचने “””” भनेको थियो। ( १) अब मेरो बिचार :- म एउटा नेपालको मान्छे हो , मैले USA Canada , Europe , Germany Japan , Australia घुमेको छु , घुमेको हुनाले देखेकै थिए। मलाई पनि के लागेयो भने :- जब मान्छे हरुले , उत्पादन धेरै गर्दैन त्यसैले थोरै चीज , महँगो गरेयो। (२) जून देश जहा छ , तेहि को मूल्य भ्यालु हुनपर्छ। तर नेपालमा कुनै चीजहरु America Europe Australia तुलनामा बेचने, कुनै त्यो भन्दा पनि महँगो :- यस्तै यस्तै गलत हुदै गएमा , काम काज ब्यापार ब्यबसाय बाट , नजानिदो रूपले बिसर्जन ( नस्ट ) हुने , घाटामा जाने। काम काज ब्यापार त बुम्म बुम्म हुनपर्छ , तर उल्टो (३) धेरै नेपालीहरुले , नेपालमा एक जोर मोजा मै , 50 रूपैया नाफा लिएको देखियो। यस्तो भएपछि , चाइनीज पसेर मोटाउछ की मोटाउदैना ??? इंडियन पसनाले नेवार को ब्यापार जाना जानी खोसियो। किनभने , नेवार ले पनि ब्यापार ओभर गरेको हुनाले , ( कस्ले थाहा पाउछ र जति सक्दो नाफा कमाउने हो , ब्यापारमा सींग हुदैन जुरो हुदैन , कस्लाई के थाह ? ) ” भन्नाले , नेवार हरु अहिले शहर मा गरीबी बढेको ओहो एकदम हालत अर्कै भयो। (4) संपूर्ण नेपालीहरु केहि चीज पनि महँगो नगर्नुस। नजानेको नेपालीहरुलाई सिकाउनुहोस। रिसौलान , आफुले जानेको हुनाले , आफु नरिसाइकन बुजाउनुहोस। नबुजदा , नबुझेर , जे पनि गर्छन। (५) यो मैले नै भोगेको कुरो हो :- ” शुद्ध दूध खाना आफैले गाईभैँसी पाल्न पर्छ ” भने। र , शुद्ध दूध को पैसा भने लिने। :- त्यसको बाउले पालेको मौरी पालन हो र हामीले येतिको त बेचिएको छ , त्यसको चित नबुझे नकिनोस् ” भने। तपाईं हामी सबै लाइ थाहा छ सबै भन्दा सजिलो पेशा हो मौरी पालन , तर हामी शुद्ध मह बेचन सक्दैनौ , पैसा भने मजाले लिईदिने . त्यस्तो नेपालीहरुले काम गर्छन ? बरु उल्टे , ” नकिन्न ” भने। मजाले बेचेर पैसा बटुल्ने की , घाट कुरेर बसेर महंगोमा बेचेर समय बिताउने ???? की नबेचने ? मान्छे चन्द्रमा गएका छन , शुद्ध दूध र मह उत्पादन गर्ने नसक्नि ? त्यसमाथि चौपट महँगो। हो अहिले नेपालमा मह बिक्दैन, हजारौ पटक दूध रोडमा फालेर चित बुजाएका छन ( बिश्व ले सुन्दा अच्चम मान्छ :- शायद अब नेपालीहरुलाई दूध र मह ले पनि पुगिसरि आएछ होला भनेर ) . तर बास्तबिकता अर्कै छ। ज जसलाई नागरिकता बेचेको थियो तिनीहरु मोटाउनि Millionair बनने भए। By :- Dip kumar

Leave a Reply

Your email address will not be published. Required fields are marked *