चिनिया राष्ट्रपतिको भ्रमणमा नेपाल टेलिभिजनको एकाधिकार!
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ समकक्षी सी चीनफिङ नेपालको दुई दिने भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । नेपालीहरुमा आशा र उत्साहको सञ्चार गराउने गरी तेइस बर्षपछि भएको चिनियाँ राष्ट्रपतिको यो भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुगेको जानकारहरुको बुझाई छ ।
यो ऐतिहासिक भ्रमणलाई नेपाली मिडियाहरुले उच्च महत्वकासाथ कभर गरेका छन् ।
यो राजकीय भ्रमणको श्रव्यदृश्यको कभरेजमा नेपाल टेलिभिजनको एकाधिकार नै देखियो । वि.सं. २०७५ साल माघ १७ गते एच.डी. प्रविधिमा रुपान्तरित नेपाल टेलिभिजनको यो भ्रमणको कभरेज पनि ‘एच.डी’ स्तर कै रह्योे । नेपाल टेलिभिजनले राष्ट्रपति सी नेपाल आउँदा विमान अववतरण र विमानबाट ओर्लिदैँ गरेको विमानस्थलको सबै दृश्यहरु सिलसिलेवार रुपमा प्रत्यक्ष प्रसारण गरेको थियो ।
यस्तै राष्ट्रपति भवन शितल निवास पुग्दाको दृश्यकासाथै होटल सोल्टीमा भएको रात्रीभोजमा दुवै राष्ट्रपतिले गर्नुभएको सम्बोधनको पनि प्रत्यक्ष प्रसारण गरेको थियो । भ्रमणको दोश्रो दिन प्रधानमन्त्री के. पी. शर्मा ओलीसँग भएको दुई पक्षीय वार्ता र संझौता आदानप्रदान दृश्य पनि प्रत्यक्ष प्रसारण गरिएका थिए भने प्रस्थान हुँदा विमानस्थलसम्मकै दृश्य प्रत्यक्ष प्रसारण गरिएका थिए ।
तर कतिपय नीजि टेलिभिजनहरुले एक प्रसारण संस्थालाईमात्र यस प्रकारको पहुँच दिएकोमा समाचार संकलनमा विभेद भएको भन्ने समाचार प्रसारण गरेका छन् ।
हुन पनि नेपाल टेलिभिजनले भ्रमणको पूर्वसन्ध्यादेखि नै चीन–नेपाल सम्बन्धका बारेमा वृत्तचित्र, समाचार, विश्लेषात्मक अन्तर्वार्ता, म्यागेजिन कार्यक्रम र समसामयिक कार्यक्रमहरु भ्रमणभरि नै प्रसारण ग¥यो ।
प्रत्यक्ष प्रसारणका क्लिन र लोगोसहितका सिग्नल अन्य नेपाली र विदेशी टेलिभिजन च्यानलहरुले पनि प्रयोग गरे । ती मध्ये अधिकांशले नेपाल टेलिभिजनको सौजन्य भनी प्रसारण गरेका थिए केहीले बिना सौजन्य प्रसारण गरेका थिए ।
Facebook Comment