मेस्सी अर्को महिनादेखि राष्ट्रिय फुटबलमा देखिने

डिसी नेपाल
२६ असोज २०७६ १८:११

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सी अर्को महिनादेखि राष्ट्रिय फुटबल टोलीमा देखिने भएका छन् ।

अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनल स्कालोनीले यस कुराको पुष्टि गर्दै प्रतिबन्धपछि मेस्सी नोभेम्बरबाट राष्ट्रिय टोलीमा देखिने बताएका हुन् ।

दक्षिण अमेरिकी फुटबल महासंघमाथि भ्रष्टाचारको आरोप लगाएपछि मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लगाईएको थियो ।

तेस्रो स्थानका लागि भएको प्ले अफ खेल पश्चात मेस्सीले सो आरोप लगाएका थिए । सो क्रममा उनले आफु भ्रष्टचारको हिस्सा नबन्ने भन्दै पदक लिन अस्विकार गरेका थिए ।

अर्जेन्टिनी टिम सेमिफाईनलमा ब्राजिलसंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । मेस्सीले सो क्रममा ब्राजिललाई उपाधि जिताउन रेफ्रीले खेल मिलेमतो गरेको आरोप समेत लगाएका थिए ।

प्रतिबन्धका कारण अर्जेन्टिनी कप्तानले चिली, मेक्सिको र जर्मनीविरुद्वको मैत्रीपूर्ण खेल गुमाएका छन् । उनले आईतबार हुन ईक्वोडरविरुद्वको खेल समेत गुमाउनेछन् ।

मेस्सीको बिषयमा स्कालोनीले भनेका छन्, ुमेस्सी हामीसंग छैनन्, उनी प्रतिबन्धमा छन् ।ु

ुसर्जियो अग्युरो समेत यहाँ हुने छैनन । किनकी उनी एक समस्यामा रहेका छन् । सोही कारण उनले क्लबसंग सतप्रतिशत प्रशिक्षण गरेका छैनन् । तर दुवै खेलाडी अर्को महिना टिममा हुनेछन् ।ु उनले भने ।

गत बुधबार भएको खेलमा अर्जेन्टिनाले जर्मनीसंग २–२ गोलको बराबरी खेलेको थियो । दुई गोलले पछाडी परेको स्थितीलाई उल्ट्याउँदै अर्जेन्टिनाले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो ।
स्कालोनीले भर्खरैमात्र पाउलो ड्याबाला र मार्टिनेज अर्जेन्टिनी फुटबल टिमको भविष्य भएको बताएका थिए । ब्राजिलसंग कोपा अमेरिकाको सेमिफाईनलमा हारेपछि अर्जेन्टिनी टिम अपराजित छ ।

उसले चिली र मेक्सिकोविरुद्व जित आत्मसाथ गरेको थियो ।

अर्जेन्टिनाले अर्को महिना पाराग्वेसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ । सोही समय मेस्सीे अर्जेन्टिनी टिममा फर्कने धेरेको अनुमान छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *