काँग्रेसको चियापानमा प्रधानमन्त्रीले भने, ‘देउवा र पौडेलसंग ४५ वर्षदेखिको सम्बन्ध छ’

डिसी नेपाल
२६ असोज २०७६ १९:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंग आफ्नो ४५ वर्षदेखिकै सम्बन्ध रहेको बताएका छन्।

नेपाली कांग्रेसले आईतबार सानेपास्थित पार्टी कार्यालयमा गरेको चियापान समारोहमा उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलसंगको सम्बन्ध ४५ वर्षदेखिकै हो । यस्ता चाडपर्वले हाम्रो सम्बन्धलाई अझै राम्रो बनाउने विश्वास लिएको छु।’

बिजया दशमी, दीपावली तथा छठको शुभकामना दिदै उनले सांस्कृतिक परम्पराहरुले समाजमा अनुशासन कायम राख्दै सबैको सम्मान र सत्यको जीतको सन्देश बोकेकाले राम्रा कुरालाई निरन्तरता दिनुपर्ने बताए।

‘संस्कृतिका नाममा विद्यमान गलत परम्परालाई परित्याग गर्दे राम्रा कुरालाई अगाल्नुपर्छ।’ उनले भने, ‘समाजको सुसम्बन्ध र सुव्यवस्था बनाई राख्न तथा सत्यको जीत र असत्य पराजित हुन्छ भन्ने सन्देश हाम्रा परम्परा र संस्कृतिले दिने गरेको छ। यस्ता कुरामा सबैले निरन्तरता दिने अभ्यासमा जुट्नुपर्छ।’

सरकारको लोकतन्त्र प्रतिको निष्ठामा कांग्रेसले प्रश्न उठाएको छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने “शुभकामना आदानप्रदानका बेला धुलो चकमक लगाउने काम नगरौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *