अग्रता जोगाउन नसक्दा भुटानसँग नेपालको बराबरी

डिसी नेपाल
२६ असोज २०७६ २०:५२

काठमाडौं । तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भुटानसंग बराबरी खेलेको छ ।

लिग चरणको अन्तिम खेलमा नेपाललाई घरेलु टोली भुटानले १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

५० औ मिनेटमा निकिता थोकरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् ।

६७ औ मिनेटमा घरेलु टोलीका लागि डेकी लाजोमले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिईन् ।

नेपाल र भुटानले लिग चरणको अन्तिम खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

दुवै टोली एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका थिए । प्रतियोगिताको उपाधिका लागि भारत र बंगलादेश भिड्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *