भक्तपुरकाे नवदुर्गा गणमा राष्ट्रपति विद्यादेवी भण्डारी

डिसी नेपाल
२६ असोज २०७६ २१:०१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोजाग्रत पूर्णिमाका अवसरमा आईतबार भक्तपुरस्थित नवदुर्गा गणको दर्शन गरेकी छन्।

दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुखबाट गरिदै आएको पुजाको निरन्तरता स्वरुप उनले भक्तपुर नगरपालिका वडा नम्वर ९ स्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पुजा गरि नवदुर्गा गणको दर्शन गरेकी हुन्।

सो अवसरमा पहिलो पटक ‘देवता प्रर्दशन’ कार्यक्रम समेत गरिएको थियो । राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणको दर्शन, पुजा र प्रसाद ग्रहण गर्न आउने अवसर पारेर ‘देवता प्रर्दशन’को कार्यक्रम गरिएको हो ।

राष्ट्रपति भण्डारीको सम्मानमा उनको सामु प्रदर्शनी गरिएको द्यो ब्वोय्केगु अर्थात् ‘देवता प्रर्दशन’ कार्यक्रममा बनकालाहरुले विभिन्न देखाएका थिए । झण्डै एकघण्टा सम्म बाजागाजा सहितको नाच कार्यक्रम चलेको थियो।

देवगणको पूजामा वहान (सुँगुरको पाठो)को बली दिने चलन छ। सो कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले १ लाख १५ हजार रुपैयाँ र संस्थानले २५ हजार रुपैया उपलब्ध गराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *