नेयमारले चोट बोकेको खेलमा ब्राजिलको बराबरी

डिसी नेपाल
२६ असोज २०७६ २१:१४

एजेन्सी । ब्राजिली स्टार नेयमारले चोट बोक्दा ब्राजिलले मैत्रीपूर्ण खेलमा नाईजेरियासंग बराबरी खेलेको छ ।

आईतबार भएको खेलमा ब्राजिलले नाईजेरियासंग १–१ गोलको बराबरी खेलेको हो । ब्राजिली स्टार नेयमारले चोट बोक्दै १२ औ मिनेटमा मैदान छाडेका थिए ।

उनले बाँया थाई समाउँदै मैदान छाडेका थिए । उनी गत महिना मात्र चोट मुक्त हुदै मैदान फर्किएका थिए ।

चोट बोकेका नेयमारले अक्टोबर २२ मा च्याम्पियन्स लिगमा क्लब ब्रुगिसविरुद्व हुने खेल गुमाउने शंसय पैदा भएको छ ।

सिंगापुरमा भएको खेलमा अग्रता नाईजेरियाले लिएको थियो । ३५ औ मिनेटमा रेन्जर्स जियो अरिबोले गोल गर्दै नाईजेरियालाई अग्रता दिलाएका थिए । ४८ औ मिनेटमा क्यासमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याएका थिए ।

अन्तराष्ट्रिय बिश्राममा रहेको ब्राजिलले जित निकाल्न असफल देखिएको छ । गत मंगलबारमात्र ब्राजिलले सेनेगलसंग १–१ गोलको बराबरी खेलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *