तेक्वान्दोका थापालाई अवार्ड

डिसी नेपाल
२६ असोज २०७६ २२:३७

काठमाडौं । तेक्वान्दोका पूर्व खेलाडी सुदर्शन थापामगरले मानव अधिकार अवार्ड प्राप्त गरेका छन् । लामो समय नेपाली खेलकुदमा सक्रिय रहेका सुदर्शनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा गठित गिरिजाप्रसाद स्मृति फाउन्डेसन अवार्ड पाएका छन् ।

तेक्वान्दोका पाँचौं डान सुदर्शनलाई पूर्वराष्ट्रपति डा. रामवरण यादवले आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सो अवार्ड प्रदान गरे ।

फाउन्डेसनको एसिया प्यासिफिक क्षेत्रका संयोजक पनि हुन् । उनी पछिल्ला केही वर्षदेखि मकाउमा खेलकुदका साथै विभिन्न ब्यवसायमा संलग्न रहँदै आएका छन् । सम्मानपछि सुदर्शनले नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरेकोमा खुसी लागेको बताए । सुदर्शनसँगै फाउन्डेसनका अमेरिकाका संयोजक सोमनाथ घिमिरेलाई पनि सो अवार्ड प्रदान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *