काजकिस्तानमाथि बेल्जियमको सहज जित

डिसी नेपाल
२६ असोज २०७६ २३:१४

एजेन्सी । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा बेल्जियमले सहज जित निकालेको छ । आइतबार राति भएको समूह चरणको खेलमा बेल्जियमले काजकिस्तानलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

काजकिस्तानको घरेलु मैदानमा बेल्जियमलाई जित दिलाउन मिची बात्सुआई र थोमस मुनियरले एक एक गोल गरे ।खेलको २१ औं मिनेटमा बात्सुआईले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५३ औं मिनेटमा मुनियरले गोल गर्दै बेल्जियमलाई २(० को जित दिलाए ।

जितसँगै समूह ‘आई’ को बेल्जियमले ८ खेलबाट २४ अंक जोडेको छ । छनोटमा बेल्जियमको यो आठौं जित हो । शीर्ष स्थानको बेल्जियम यसअघि नै युरोकपमा छनोट भइसकेको छ । काजकिस्तान ७ अंक जोडेर चौंथो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *